काठमाडौं- TVS दुईपांग्रे सवारीसाधनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा विशेष अटोमोटिभ इभेन्ट ‘TVS मा Upgrade हान्नेलाई अचम्मैको Deal' को आयोजना गरेको छ । जेठ १३ गतेदेखि सुरु भएको यो मेगा कार्निभल जेठ १९ गतेसम्म चल्नेछ ।
नेपालभरका ग्राहकहरूलाई नयाँ TVS मोटरसाइकल तथा स्कुटर खरिद गर्न सहज र बढी लाभदायी बनाउने उद्देश्यले यस वर्षकै सबैभन्दा ठूलो TVS इभेन्ट आयोजना गरिएको कम्पनीले जनाएको छ ।
एक्सचेन्ज र फाइनान्समा ’अचम्मैको’ अफर
यस ७ दिने मेलामा ग्राहकहरूका लागि विभिन्न आकर्षक र व्यावसायिक सुविधाहरू उपलब्ध गराइएको छः उत्कृष्ट एक्सचेन्ज मूल्यांकनः ग्राहकले जुनसुकै ब्रान्डको पुरानो बाइक वा स्कुटर ल्याएर पूर्ण मूल्य अभिवृद्धि लाभका साथ नयाँ TVS सँग साट्न (Upgrade) गर्न सक्नेछन् । सस्तो EMI सुविधाः सर्वसाधारणका लागि सवारी स्वामित्व सहज बनाउन दैनिक मात्र रु. १३९ बाट सुरु हुने EMI योजना ल्याइएको छ ।
_FvA6TOmJjA.jpg)
फटाफट फाइनान्सः झन्झटिलो डकुमेन्टेशन प्रक्रियालाई हटाउँदै मात्र नागरिकता र लाइसेन्सको भरमा तुरुन्तै लोन एप्रुभल (Instant Finance) हुने व्यवस्था मिलाइएको छ । नगद छुट र वारेन्टीः छनोट गरिएका मोडलहरूमा बबाल नगद छुट, निःशुल्क एसेसरिज र सबै मोडलहरूमा लाइफटाइम वारेन्टी प्रदान गरिएको छ ।
व्यापारसँगै मनोरञ्जनको महाकुम्भ
भृकुटीमण्डपमा आयोजित यस कार्निभलमा TVS का सम्पूर्ण रेन्जका मोटरसाइकल र स्कुटरहरू अवलोकनका लागि राखिएका छन् । व्यापारिक अफरहरूका साथै यहाँ आउने आगन्तुक र उनीहरूका परिवारका लागि पूर्ण मनोरञ्जनात्मक वातावरण समेत तयार गरिएको छ ।
इभेन्टमा बाइक प्रेमीहरूका लागि ‘Gymkhana riding competition’, नयाँ मोडलहरू चलाएर हेर्न मिल्ने ‘Test Ride Zone’, रमाइला खेलहरूका लागि ‘Game Zone’, र विभिन्न स्वादिष्ट परिकारहरूका साथ ‘Food Stalls’ समेत राखिएका छन् । कार्यक्रममा नयाँ उत्पादनको अनावरण र लाइभ म्युजिक/मनोरञ्जन समेत हुनेछ ।

"हरेक नेपाली परिवारका लागि प्रिमियम सवारी सहज बनाउने प्रयास"
कार्यक्रमबारे बोल्दै जगदम्बा मोटर्स प्रा.लि. का उपाध्यक्ष दीपक रौनियारले भने, ‘TVS मा ग्उनचबमभ हान्नेलाई अचम्मैको Upgrade हरेक नेपाली परिवारका लागि प्रिमियम दुईपांग्रे सवारी स्वामित्वलाई साँच्चै सहज बनाउने हाम्रो प्रयास हो । उत्कृष्ट exchange rates, सजिलो finance options र रोमाञ्चक carnival atmosphere सहित, हामी सबै ग्राहकहरूलाई भृकुटीमण्डपमा आएर आफ्नो सपनाको TVS घर लैजान आमन्त्रण गर्दछौं ।’
पुरानो सवारी साधन नवीकरण गर्न चाहने वा नयाँ बाइक/स्कुटर किन्ने सोचमा रहेकाहरूका लागि यो मेला एउटा उत्कृष्ट अवसर हुने कम्पनीको दाबी छ ।
प्रतिक्रिया