काठमाडौं- Samsung नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष ‘Upgrade to Galaxy’ अभियान घोषणा गरेको छ, जसअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर नयाँ Galaxy स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन् ।
यस अफरमार्फत ग्राहकहरूले आकर्षक छुट, थप एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् । अभियान अन्तर्गत ग्राहकहरूले ०% डाउन पेमेन्टमा २४ महिनासम्मको EMI सुविधा समेत पाउनेछन् ।
यस योजनामा ग्राहकहरूले आफ्नो पुरानो सेलेक्टेड डिभाइस ल्याएर त्यसको मूल्यांकन मूल्यसँगै अधिकतम रु. ८,००० सम्मको अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूको पहुँचलाई अझ सहज बनाउन सामसंगले निश्चित मोडेलहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनसको व्यवस्था गरेको छ ।
जसमा S२६ Ultra मा रु. १०,००० छुट र रु. ८,००० बोनस, S२६+ मा रु. २३,००० छुट र रु. ८,००० बोनस, तथा S२६ मा रु. १०,००० छुट र रु. ८,००० बोनस तोकिएको छ । त्यसैगरी A५७ र A३७ मोडेलहरूमा समान रु. ५,००० छुट र रु. ५,००० एक्सचेन्ज बोनस उपलब्ध गराइएको छ ।
प्रतिक्रिया