समाचार

स्वास्थ्यमन्त्रीका श्रीमान सरोज सिंह दोस्रो वरियतामै एसपीमा बढुवा

शुक्रबार, १५ जेठ २०८३, १० : १४

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताका श्रीमान सरोज सिंह नेपाल प्रहरीको प्राविधिकतर्फ प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका छन्।

प्रहरी अस्पतालको डेन्टल शाखामा कार्यरत चिकित्सक डीएसपी सिंह प्राविधिक प्रहरी समूहअन्तर्गत स्वास्थ्य उपसमूह चिकित्सकतर्फ दोस्रो वरियतामा एसपीमा बढुवा भएका हुन्।

नेपाल प्रहरीमा उक्त समूहका ९ जना डीएसपी एसपीमा बढुवा हुँदा सिंह दोस्रो वरियतामै बढुवा सिफारिसमा परेका थिए । अन्ततः उनी सोही वरियतामा बढुवा भएका हुन्।
 

 
 
शुक्रबार, १५ जेठ २०८३, १० : १४

प्रतिक्रिया