काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक हुँदैछ । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा हुने बजेट प्रस्तुतिको तयारी पूरा भएको संघीय संसद् सचिवालयले जनाएको छ । नयाँ संविधान जारी भएयता हरेक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले आज आगामी आर्थिक वर्षको आय–व्यय विवरण सार्वजनिक गर्न लागेको हो ।
सरकारले आगामी बजेटलाई आर्थिक रूपान्तरणको प्रस्थानविन्दुका रूपमा प्रस्तुत गर्ने तयारी गरेको बताइएको छ । अर्थमन्त्री वाग्लेले आगामी पाँच वर्षसम्म लागू हुने सुधारमुखी कार्यक्रमहरूलाई समेट्दै बजेटमार्फत दीर्घकालीन आर्थिक ‘रोडम्याप’ सार्वजनिक गर्ने तयारी गरेका छन् ।
बजेट सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू, राष्ट्रिय योजना आयोगका पदाधिकारी, नेपाल राष्ट्र बैंकका गभर्नरलगायत उच्च सरकारी अधिकारीहरूको सहभागिता रहने प्रचलन छ ।
प्रतिक्रिया