काठमाडौं- सरकारले आयकर छुटको सीमा उल्लेख्य रूपमा बढाएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
नयाँ व्यवस्थाअनुसार न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमालाई ५ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्याइएको छ ।
सरकारले मध्यम तथा न्यून आय भएका नागरिकलाई राहत दिने उद्देश्यसहित आयकरको दायरा पुनरावलोकन गरेको जनाएको छ । नयाँ व्यवस्थाबाट ठूलो संख्यामा करदाताले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ ।
अर्थमन्त्री वाग्लेले कर प्रणालीलाई थप न्यायोचित, सरल र नागरिकमैत्री बनाउने उद्देश्यअनुसार करका दर तथा सीमामा संशोधन गरिएको बताएका छन् ।
प्रतिक्रिया