प्रचण्डको स्वास्थ्य अवस्था स्थिर, २–३ दिन अस्पतालमै राखिने

आइतबार, १७ जेठ २०८३, १८ : १०

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्वासप्रश्वाससम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका छन्। मेडिसिटी अस्पतालले आइतबार जारी गरेको स्वास्थ्य बुलेटिनअनुसार प्रचण्डलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो।

अस्पतालका चिकित्सकहरूको मूल्याङ्कनपछि उनलाई सामान्य खालको निमोनिया संक्रमण भएको पुष्टि भएको छ। आवश्यक स्वास्थ्य परीक्षण सम्पन्न गरी उपचार सुरु गरिएको अस्पतालले जनाएको छ।

बुलेटिनअनुसार प्रचण्डको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ र उपचारमा सकारात्मक प्रतिक्रिया देखिएको छ। पूर्ण स्वास्थ्य लाभ सुनिश्चित गर्न तथा निरन्तर निगरानीका लागि उनलाई थप २–३ दिन अस्पतालमै राखिने अस्पतालले जनाएको छ।

अस्पतालले प्रचण्डको स्वास्थ्यप्रति चासो र शुभेच्छा व्यक्त गर्ने सबैप्रति धन्यवाद दिँदै आवश्यकताअनुसार थप जानकारी सार्वजनिक गरिने जनाएको छ।

WhatsApp Image 2026-05-31 at 17.54.08

 
 
आइतबार, १७ जेठ २०८३, १८ : १०

प्रतिक्रिया