दोस्रो आवधिक योजना बनाउँदै तुलसीपुर उपमहानगर

सोमबार, १८ जेठ २०८३, १३ : ३८

काठमाडौं - दाङको तुलसीपुर उपमहानगरपालिकाले  आगामी आर्थिक वर्ष २०८३/८४ देखि २०८७/८८ सम्मको पाँच वर्ष अवधिका लागि तयार पारेको दोस्रो आवधिक विकास योजनाको मस्यौदाउपर आइतबार वृहत अन्तक्र्रिया तथा छलफल कार्यक्रम गरिएको छ ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न क्षेत्रका विज्ञ, सरोकारवाला निकायको उपस्थिति थियो । उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले पहिलो आवधिक योजनाको समीक्षा गर्दै दोस्रो योजनालाई थप व्यवहारिक, नतिजामुखी र तुलसीपुरको दिगो विकासमा केन्द्रित बनाइने बताए । उनले नगरको आर्थिक, सामाजिक, पूर्वाधार, शिक्षा, स्वास्थ्य र डिजिटल रुपान्तरणका क्षेत्रलाई प्राथमिकतामा राखेर पाँच वर्षभित्र ठोस परिवर्तन देखिने गरी योजना ल्याउन लागिएको जानकारी दिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले आवधिक योजनाले तुलसीपुर उपमहानगरपालिकालाई सफल गन्तव्यका लागि दिशानिर्देश गर्ने बताए। वडा र विभिन्न शाखाबाट आएका योजनाले नगरको नीतिगत योजनाको आधार बन्ने बताए । कार्यक्रममा सहभागी विज्ञ तथा विभिन्न शाखाका प्रमुख एवं प्रतिनिधिले मस्यौदामाथि विभिन्न रचनात्मक सुझावहरु दिएका छन् । सहभागीहरुले स्थानीय स्रोत–साधनको अधिकतम परिचालन, रोजगारी सिर्जना, कृषि र पर्यटनको प्रवद्र्धन तथा सुशासनलाई मुख्य प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा उप प्रमुख स्यानी चौधरी, तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावत, आर्थिक विकास समितिका संयोजक माधव वली, कृषि विकास समितिका संयोजक लक्ष्मण चौधरी, वातावरण तथा विपत्् व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारी, नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीलगायतले पाँच वर्षमा गर्न सकिने योजना बारेमा सुझाव दिए ।

सोमबार, १८ जेठ २०८३, १३ : ३८

प्रतिक्रिया