पं. नबराज शारदा स्मृति समाजद्वारा तीन जनालाई छात्रवृत्ति प्रदान

सोमबार, १८ जेठ २०८३, १६ : ४९

काठमाडौं- पं.नबराज शारदा स्मृति समाजले तीन जना छात्रालाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ। पं.नबराज पौडेलको १०७औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा छात्रवृत्ति वितरण गरिएको समाजले जनाएको छ।

समाजका अध्यक्ष निर्मलराज पौडेल ले पं.नबराज पौडेलको स्मृतिमा हरेक वर्ष सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। उनले शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले यस वर्ष पनि छात्रवृत्ति प्रदान गरिएको बताए।

कार्यक्रममा योगी नरहरिनाथ आध्यात्मिक परिषद् का अध्यक्ष शंकरराज पौडेल ले समाजले सञ्चालन गर्दै आएका सामाजिक तथा शैक्षिक गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे।

समाजका अनुसार संस्थाले संस्कृत शिक्षा, कर्मकाण्ड, सामाजिक संस्कार तथा सांस्कृतिक चेतनासम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। छात्रवृत्ति कार्यक्रम पनि समाजको शिक्षा प्रवर्द्धन अभियानअन्तर्गत सञ्चालन गरिएको हो।

 
 
सोमबार, १८ जेठ २०८३, १६ : ४९

प्रतिक्रिया