श्रमिकसँग पनि कर असुल गर्ने सरकारको निर्णय

मंगलबार, १९ जेठ २०८३, १४ : ०३

काठमाडौं - परिवर्तन, विकास र आर्थिक समृद्धीको नारा दिएर सत्तामा आएको रास्वपाको सरकारले बैदेशिक रोजगारीमा जाने श्रमिकहरुसँग १ प्रतिशत कर लिने निर्णय गरेको छ । सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकको बुँदा नं ५ मा बैदेशिक रोजगारीमा जाने हरेक नेपालीहरुले सम्बन्धित म्यानपावर कम्पनीमा तिरेको पैसाको एक प्रतिशत कर असुल गर्ने व्यवस्था गरिएको छ ।

सो व्यवस्था अनुसार हरेक म्यानपावर कम्पनीहरुले अब प्रत्येक महिनाको २५ गते अघिल्लो महिना विदेश पठाएको श्रमिकहरुबाट असुल गरिएको रकमको १ प्रतिशत रकम सरकारी कोषमा दाखिला गर्नुपर्नेछ ।
नयाँ व्यवस्था यही जेठ १५ गतेदेखि नै सुरु भइसकेको छ । नयाँ व्यवस्थासँगै अब विदेश जाने कामदारहरुको लागत रकम केही बृद्धि हुनसक्ने देखिएको छ ।

  

मंगलबार, १९ जेठ २०८३, १४ : ०३

प्रतिक्रिया