काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीलाई लक्षित गर्दै नेपाल टेलिकम ले विशेष ‘एनटी एसईई अफर’ सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत एसईई उत्तीर्ण विद्यार्थीहरूले केवल २० रुपैयाँमा प्रिपेड सिमकार्ड प्राप्त गर्न सक्नेछन्। सिमकार्डसँगै ग्राहकले ९ रुपैयाँ ८० पैसा ब्यालेन्ससमेत पाउने नेपाल टेलिकमले जनाएको छ।
कम्पनीका अनुसार अफरमा सहभागी विद्यार्थीले ३० दिनसम्म दैनिक २० मिनेट नेपाल टेलिकम नेटवर्कभित्र (एनटी–एनटी) भ्वाइस कल, ५०० एमबी डेटा तथा १० वटा एसएमएस सुविधा प्राप्त गर्नेछन्।
टेलिकमले रिचार्जमा थप बोनस सुविधासमेत उपलब्ध गराएको जनाएको छ। ५० रुपैयाँ वा सोभन्दा बढी रकमको रिचार्ज गर्दा ग्राहकले तीन दिनसम्म प्रयोग गर्न मिल्ने ५०० एमबी बोनस डेटा, ५० मिनेट एनटी–एनटी भ्वाइस कल तथा ५० वटा बोनस एसएमएस प्राप्त गर्नेछन्।
एसईई उत्तीर्ण विद्यार्थीलाई सहज, सुलभ र किफायती सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले उक्त योजना ल्याइएको कम्पनीले जनाएको छ। अफरसम्बन्धी थप जानकारीका लागि नेपाल टेलिकमले १४९८ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।
प्रतिक्रिया