बास नेपालको आयोजनामा स्वमुल्याँकन तथा स्वअनुशासन बिषयक तालिम सम्पन्न

बुधबार, २० जेठ २०८३, १२ : ५५

काठमाडौं- बास नेपालको आयोजनामा स्वमुल्याँकन तथा स्वअनुशासन बिषयक तालिम प्रदान सम्पन्न भएको छ ।

स्वमुल्यांकन र स्वअनुशासनको महत्व बुझाउने, जिम्मेवारी वृद्धि गर्ने, कर्मचारीहरुलाई थप जिम्मेवार बनाउने, कार्यसम्पादनमा सुधार गर्ने, अनुशासित कार्यसंस्कृति विकास गर्ने उद्धेश्यले तालिम सम्पन्न भएको हो ।

707962216_930703799999885_7766282949770199059_n

बास नेपालका कर्मचारीहरुका लागि आयोजित तालिममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्रशिक्षण दिएका थिए ।

तालिममा संघ, संस्थामा कार्यरत कर्मचारीहरुका प्रकार, स्वमुल्याँकन भनेको के हो, स्वअनुशासन भनेको के हो ?, स्वमुल्याँकनका आधारहरु, स्वअनुशासनको महत्व सुधारका उपायहरु लगायतका बिषयमा प्रशिक्षण दिईएको थियो ।
तालिममा बास नेपालका १५ जना कर्मचारीहरुको उपस्थिती रहेको थियो । 
 

 
 
बुधबार, २० जेठ २०८३, १२ : ५५

प्रतिक्रिया