अपडेट

नेप्से परिसूचक २.६६ अंकले बढ्दा निर्जीवन बीमाको समूहगत परिसूचक ३.३७ प्रतिशत बढ्यो

बुधबार, २० जेठ २०८३, १५ : ३०

काठमाडौं- बुधबार सेयर बजारमा निर्जीवन बीमा कम्पनीमा लगानीकर्ताहरूको आकर्षण बढेको छ । 

सरकारले बजेटमा सवारी साधानमा तेस्रो पक्ष बीमाको बीमांक रकम बढाएर दोब्बर पुर्याएपछि त्यसको प्रभाव देखिएको हो ।

सरकारले तेस्रो पक्ष बीमाको बीमांक रकम ५ लाख रूपेयाँबाट १० लाख रूपैयाँ पुर्याएको छ । यसले निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा समेत वृद्धि हुने भएकोले आकर्षण बढेको हो । 

नेप्से परिसूचक २.६६ अंकले बढ्दा निर्जीवन बीमाको समूहगत परिसूचक ३.३७ प्रतिशतले बढेको छ । 

बजेटले गरेको अन्य व्यवस्थाले समेत निर्जीवन बीमा कम्पनीको व्यवसाय बढ्ने सम्भावना छ ।

बजेटले दुर्घटना बीमा, घातक रोग बीमा र ढुवानी सेवा बीमा पनि अनिवार्य गर्ने घोषणा गरेको छ ।
 

 
बुधबार, २० जेठ २०८३, १५ : ३०

प्रतिक्रिया