शुक्लाफाँटा बन्दै पर्यटकको रोजाई , गत आर्थिक वर्षमा ६ हजार पर्यटक भित्रिए

सोमबार, १३ साउन २०७६, १२ : ५२

काठमाडौँ – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा हालसम्मकै बढी आन्तरिक तथा विदेशी पर्यटक भित्रिएका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले गत आर्थिक वर्षमा ६ हजार ६९ पर्यटकले शुक्लाफाँटा भ्रमण गरेको बताउनुभयो । तीमध्ये पाँच हजार ७४० स्वदेशी र ३२९ विदेशी पर्यटक रहेको निकुञ्जले जनाएको छ ।

त्यस्तै निकुञ्जभित्रका विभिन्न क्षेत्रमा वन्यजन्तुको पानीको प्यास मेटाउन कृत्रिम ताल निर्माण, सडक सुधार, प्राकृतिक तलाउहरुको सरसफाइ लगायतका कामहरु भएको प्रमुख संरक्षण अधिकृत पौड्यालको भनाइ छ ।

“राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा शुक्लाफाँटाको प्रचारप्रसार त्यति धेरै हुन सकेको छैन”, उहाँले भन्नुभयो, “भूगोलका हिसाबले पनि काठमाडौँबाट टाढा पर्ने भएकाले विदेशी पर्यटक यहाँ धेरै आउन सकेका छैनन् ।” गत आर्थिक वर्षमा शुक्लाफाँटा निकुञ्जले रु ८६ लाख २३ हजार राजश्व सङ्कलनसमेत गरेको छ ।

फोटो बीबीसी

सोमबार, १३ साउन २०७६, १२ : ५२

प्रतिक्रिया