पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक(भिडियो)

विहीबार, १८ असार २०८३, १६ : ५४

काठमाडौं- पहाडको संघर्ष, जीवनदर्शन र प्रकृतिप्रतिको गहिरो भाव समेटिएको नयाँ नेपाली गीत सार्वजनिक भएको छ । गायिका अमला महर्जन (संगीत प्रवीण) को स्वरमा रहेको यस गीतलाई सत्य नारायण प्रजापतिको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतका शब्द धुन्डिराज पहाडी ले लेखेका हुन् भने संगीत स्वर्गीय रविन दास श्रेष्ठ ले सिर्जना गरेका हुन्। संगीत संयोजन, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ सत्य नारायण प्रजापति र प्रवी जी ले गरेका छन् । गीतको रेकर्डिङ भक्तपुरस्थित विवेक साउन्ड स्टुडियो मा गरिएको हो ।

rabindas

गीतको भिडियोमा सत्य नारायण प्रजापति को निर्देशन, अवधारणा र कथा रहेको छ । भिडियोमा कमला शाक्य, अमला महर्जन, रूपा न्यौपाने, चन्द्र महर्जन, डा. धुन्डिराज पहाडी तथा इन्जिनियर सत्य नारायण प्रजापति को अभिनय देख्न सकिन्छ । छायांकन विवेक शाक्य ले गरेका हुन् भने सम्पादन सत्य नारायण प्रजापति र कलर तथा भिएफएक्स विवेक शाक्य ले गरेका छन् ।

‘जीवनको आँधि ब्याधि’ गीतले पहाडको कठोर यथार्थ, संघर्ष, सौन्दर्य र जीवनको गहिरो दर्शनलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । “जीवनको आँधि ब्याधि पहाडैले रोक्छ, अजङ्गको भारी पनि पहाडैले बोक्छ” जस्ता भावपूर्ण शब्दमार्फत पहाडको आत्मा र नेपाली जीवनको मर्मलाई उजागर गरिएको छ ।

satyanarayan

निर्माण टिमका अनुसार गीतले नेपाली पहाडको मौलिकता, संस्कृति र जीवनदर्शनलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्य बोकेको छ । सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गर्न थालेको निर्माण पक्षले जनाएको छ ।


 

विहीबार, १८ असार २०८३, १६ : ५४

प्रतिक्रिया