काठमाडौं– याङ्गो ग्रुप अन्तर्गतको याङ्गो राइडले नेपाल ट्राफिक प्रहरीसँगको सहकार्यमा काठमाडौंमा सडक सुरक्षा सचेतना कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा फ्लीट पार्टनर ईन्नोहब प्रा.लि. मार्फत २०० नयाँ मोटरसाइकल चालकलाई मोटरसाइकल वितरण गरिएको थियो साथै २०० भन्दा बढी हेल्मेट र रेनकोट पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा वर्षायाममा सुरक्षित रूपमा मोटरसाइकल चलाउने तरिका, ट्राफिक नियम, सडक सुरक्षा र नागरिक जिम्मेवारीबारे नेपाल ट्राफिक प्रहरीद्वारा प्रशिक्षण दिइएको थियो ।
याङ्गो राइड नेपाल का कन्ट्री मेनेजर सन्तोष पाण्डेले भने, ‘याङ्गोको उद्देश्य चालक, यात्रु र स्थानीय व्यवसाय सबैलाई लाभ पुग्ने वातावरण निर्माण गर्नु हो । स्थानीय फ्लीट पार्टनरसँगको सहकार्यले चालकहरूलाई सजिलो आम्दानीको अवसर प्रदान गर्नुका साथै नेपालको डिजिटल अर्थतन्त्रलाई पनि सहयोग पुर्याइरहेको छ ।’

उनले थप भने, ‘याङ्गोको लागि स७३घढसरक्षा पहिलो प्राथमिकता हो। नेपाल ट्राफिक प्रहरीसँग मिलेर चालकहरूलाई आवश्यक सुरक्षा ज्ञान र सामग्री उपलब्ध गराउन पाउँदा हामी खुशी छौं । आगामी दिनमा पनि चालक र यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं ।’
कार्यक्रममा ईन्नोहब प्रा.लि.ले नयाँ चालकहरूलाई मोटरसाइकल र हेल्मेट उपलब्ध गराएको थियो । याङ्गो राइडलले स्थानीय साझेदारसँगको सहकार्यमार्फत सुरक्षित र भरपर्दो यातायात सेवा विस्तार गर्ने तथा चालकहरूका लागि रोजगारीका अवसर बढाउने लक्ष्य लिएको जनाएको छ ।
प्रतिक्रिया