नाइमा अटा शो– २०२६

नाइमा अटो शो–२०२६ को तयारी तीव्र, ५५ ब्राण्डको प्रदर्शन, ४० वटा नयाँ मोडल लन्च हुने

विहीबार, ०७ साउन २०८३, १२ : ३२

काठमाडौं– नेपाल अटो मोबाइल इम्पोर्टस एण्ड म्यानुफेक्चर एसोसिएसन(नाइमा)ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा अटो शो– २०२६को तयारी तीव्र पारेको छ । 

साउन २६ गतेदेखि ३१ गतेसम्म ६ दिन सञ्चालन हुने नाइमा अटो शोमा ५५ वटा अटो मोबाइल ब्राण्ड र ५२ वटा स्टल रहने नाइमाका प्रमुख कार्यकारी अधिकृत(सिईओ) निमराज दुलालले जानकारी दिए । 

५२ वटा स्टलमा चार पांग्रे र २ पांग्रे सवारी प्रदर्शनका साथै लर्निङ सेसन समेत समावेश गरिएको उनले बताए । ४० वटा नयाँ मोडेल समेत लन्च गरिने जनाउँदै उनले लर्निङ सेसनमा मोबिलिटी सेक्टरका विज्ञहरुबाट यातायात पूर्वाधार, ट्र्राफिक व्यवस्थापनसहितका विषयमा जानकारी गराउने गरी पूर्वाधार निर्माण गर्न लागिएको बताए । 

‘५५ बा्रण्डको प्रदर्शन रहने अटो शोमा ५२ वटा स्टलसहित ४० वटा नयाँ मोडल लन्च गर्ने तयारी गरेका छौं ।’, उनले आजको अर्थसँगको कुराकानीमा भने,‘ प्रदर्शनी स्थलमा फुड स्टलसहित अपांगमैत्री र वर्षातका समयमा सुरक्षित रहने गरी पूर्वाधार बनाउने तयारी छ। ’ 

सिइओ दुलालले नाइमा अटो शोलाई केवल सवारीसाधन बिक्री गर्ने मञ्चका रूपमा नभई अटोमोबाइल उद्योगसँग सम्बन्धित विषयमा बहस गर्ने साझा प्लेटफर्मका रूपमा विकास गरिएको बताए । उनले नाइमा अटो शोमा सहभागी हुन आग्रह गर्दै ५५ ब्रान्डका नयाँ सवारी र ४० वटा नयाँ मोडेल अवलोकन गर्न आग्रह गरे ।

विहीबार, ०७ साउन २०८३, १२ : ३२

प्रतिक्रिया