अपडेट

शान्ति–सुरक्षा सामान्य बन्दै गएपछि सप्तरीको निषेधाज्ञा हट्यो

सोमबार, १८ साउन २०८३, ११ : २८

सप्तरी- जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा लागू गरिएको निषेधाज्ञा पूर्ण रूपमा हटाएको छ।

जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सोमबार बिहान १० बजेदेखि निषेधाज्ञा हटाइएको जनाएको हो।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनामा जिल्लाको समग्र शान्ति–सुरक्षाको अवस्था सामान्य बन्दै गएको तथा परिस्थितिको मूल्याङ्कनपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको उल्लेख गरिएको छ।

यससँगै राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा लागू रहेका सबै निषेधात्मक आदेश सोमबार बिहान १० बजेदेखि स्वतः समाप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

saptari_pGEAhXXv9A

सोमबार, १८ साउन २०८३, ११ : २८

प्रतिक्रिया