काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज उच्च वृद्धि भएको छ। सुनको भाउ एकैदिन तोलामा ६ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ३ लाख १ हजार ५ सय रुपैयाँमा झरेको थियो। त्यसअघि लगातार चार दिनमा भने सुनको भाउ तोलामा १७ हजार ८ सय रुपैयाँले बढेको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि आज उच्च वृद्धि भएको छ। चाँदी तोलामा १ सय १० रुपैयाँले बढेर ४ हजार ७ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ। यसअघि माघ १५ गते सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। उक्त मूल्य नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो।
त्यसैगरी, माघ १८ गते चाँदीको मूल्य तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो। चाँदीको मूल्यमा आएको उक्त गिरावट हालसम्मकै ठूलो दैनिक गिरावट हो। नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च मूल्य भने माघ १५ गते कायम भएको थियो। त्यस दिन चाँदीको भाउ प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो।
प्रतिक्रिया