नाइमा एक्स्पोमा MG Majestor सार्वजनिक, १५ लाख ५० हजारसम्मको अफर

बुधबार, २७ साउन २०८३, ०९ : ४६

काठमाडौं- गो अटोमोबाइल्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा MG को नयाँ प्रिमियम एसयूभी MG Majestor सार्वजनिक गरेको छ।

JSW MG Motor को नेपालका लागि आधिकारिक वितरक गो अटोमोबाइल्सका अनुसार Majestor नेपालमा सार्वजनिक भएको MG को अहिलेसम्मकै ठूलो, शक्तिशाली र प्रिमियम एसयूभी हो। कम्पनीले यसलाई भारतको पहिलो D+ सेग्मेन्ट एसयूभीका रूपमा प्रस्तुत गरेको छ।

५ मिटरभन्दा बढी लम्बाइ, २ मिटरभन्दा बढी चौडाइ र करिब १.९ मिटर उचाइ रहेको Majestor मा Ladder-frame निर्माण, बोल्ड ग्रिल, मांसल बडी लाइन, २१९ मिलिमिटर ग्राउन्ड क्लियरेन्स तथा 265/55 R19 All-Terrain टायर प्रयोग गरिएको छ।

एसयूभीमा २.० लिटर ट्विन-टर्बो डिजेल इन्जिन रहेको छ, जसले २१५.५ PS पावर तथा ४७८.५ Nm टर्क उत्पादन गर्छ। यसमा ८-स्पिड अटोमेटिक ट्रान्समिसन जडान गरिएको छ। Majestor 4X2 र 4X4 दुवै विकल्पमा उपलब्ध हुनेछ।

अफ-रोड क्षमतातर्फ यसमा स्यान्ड, स्नो, मड र रकसहित १० वटा ड्राइभिङ मोड, फ्रन्ट, सेन्टर र रियर गरी ट्रिपल डिफरेन्सियल लक तथा ८१० मिलिमिटरको वाटर वेडिङ क्षमता रहेको कम्पनीले जनाएको छ।

Majestor मा ६ सिटको क्याप्टेन सिटसहितको र ७ सिटको गरी दुईवटा कन्फिगरेसन उपलब्ध छन्। अगाडिका सिटमा M-Lounge Multi-Mode Massage तथा Ventilation सुविधा, Galaxy View Panoramic Glass Roof, १२.३ इन्च HD Portrait Infotainment Screen र ७५ भन्दा बढी Connected Car Features उपलब्ध छन्।

सुरक्षातर्फ ६ वटा एयरब्याग, Level 2 ADAS, ३६० डिग्री क्यामेरा तथा Electronic Parking Brake लगायतका सुविधा रहेका छन्। गो अटोमोबाइल्सले Majestor मा ५ वर्ष वा १ लाख किलोमिटर वारेन्टी र नेपालभर २४ घण्टा सेवा उपलब्ध गराउने जनाएको छ।

कम्पनीले काठमाडौंको धोबीघाटमा Dedicated MG Service Workshop सञ्चालन गरिरहेको तथा नेपालभर सर्भिस सेन्टरको नेटवर्क विस्तार गरिरहेको जनाएको छ।

NAIMA Mobility Expo 2026 लाई लक्षित गर्दै MG Majestor बुक गर्ने ग्राहकलाई कम्पनीले विशेष अफरसमेत सार्वजनिक गरेको छ। अफरअन्तर्गत ८ लाख रुपैयाँसम्मको Sure Shot Cash Discount, एक वर्षको Comprehensive Insurance, Premium Accessories तथा १० हजार रुपैयाँभन्दा बढीको Booking मा Gift Hamper उपलब्ध गराइनेछ।

त्यस्तै, प्रत्येक बुकिङ गर्ने ग्राहक Samsung Galaxy S26 Ultra Lucky Draw मा सहभागी हुन सक्नेछन्। कम्पनीका अनुसार यी सुविधासहित कुल १५ लाख ५० हजार रुपैयाँसम्मको मूल्य लाभ प्राप्त गर्न सकिनेछ।

गो अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले MG Majestor नेपाली बजारका लागि नयाँ स्तरको प्रिमियम तथा शक्तिशाली एसयूभी भएको बताए। उनका अनुसार कम्पनीको उद्देश्य गाडी बिक्रीमा मात्र सीमित नभई ग्राहकलाई बिक्रीपछिको सेवा, स्पेयर पार्ट्स, प्राविधिक जनशक्ति र २४ घण्टे रोडसाइड असिस्टेन्ससहितको पूर्ण सेवा इकोसिस्टम उपलब्ध गराउनु हो।

बुधबार, २७ साउन २०८३, ०९ : ४६

प्रतिक्रिया