नाडा अटो शो २०२६ आजबाट सुरु

मंगलबार, ०९ भदौ २०८३, ०९ : ४८

काठमाडौं– नेपालको अटोमोबाइल क्षेत्रको ठूलो प्रदर्शनी ‘१८औँ नाडा अटो शो २०२६’ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको अटो शोको उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसादय यादवले गरेका हुन् । 

 भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुने नाडा अटो शोमा दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनसँगै विद्युतीय सवारी, कमर्सियल भेहिकल, टायर, ब्याट्री, चार्जिङ पूर्वाधार, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण तथा अटोमोबाइल प्रविधिसँग सम्बन्धित उत्पादन प्रदर्शनमा राखिएका छन्।

बैंक, वित्तीय संस्था र बीमा कम्पनीको सहभागिताले सवारी खरिदसँग जोडिएका वित्तीय तथा बीमा सेवासमेत एउटै स्थलबाट जानकारी लिन सकिने व्यवस्था गरिएको छ।

मंगलबार, ०९ भदौ २०८३, ०९ : ४८

प्रतिक्रिया