भेस्पा र अप्रिलिया ब्राण्डका स्कुटर खरिदमा अफर, २८ हजार रुपैयाँसम्मको लाभ

बुधबार, १० भदौ २०८३, ०९ : ४६

काठमाडौं– Vespa र Aprilia स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटोकर्प प्रालिले ‘NADA Auto Show 2026’लाई लक्षित गर्दै विशेष ‘The Saving Extravaganza’ योजना सार्वजनिक गरेको छ।

NADA Auto Show अवधिभर स्टल नम्बर TWE-11 मा उपलब्ध यस योजनाअन्तर्गत Vespa वा Aprilia खरिद वा बुकिङ गर्ने ग्राहकले २८ हजार रुपैयाँसम्मको विशेष लाभ प्राप्त गर्नेछन्। साथै, स्कुटर खरिद गर्ने ग्राहकले विशेष Vespa तथा Aprilia ल्यापटप ब्यागसमेत प्राप्त गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो योजना नगद, फाइनान्स तथा एक्सचेन्जमार्फत स्कुटर खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ।

यस वर्ष Vespa ले NADA Auto Show मा आफ्नो उपस्थिति थप विशेष बनाउँदै इटालियन क्याफेबाट प्रेरित ‘Italian Café-inspired Theme’ मा स्टल तयार पारेको छ। स्टलको डिजाइनमार्फत Vespa को प्रतिष्ठित इटालियन डिजाइन, जीवनशैली र प्रिमियम अनुभवलाई प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।

प्रदर्शनीमा नयाँ Aprilia SR 175 HPE, Lilac रङको Vespa 125 तथा Oro रङको Vespa S 125 लाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको छ। त्यस्तै, Aprilia का Storm 125 र SR 160 तथा Vespa का ZX 125, Vespa 125 र Vespa S 125 का अन्य रङका मोडलहरू पनि प्रदर्शनीमा राखिएका छन्।

डेल्टा अटोकर्पका निर्देशक तथा सीईओ विजय कुमार महतोले NADA Auto Show 2026 मा Vespa र Aprilia का नयाँ मोडल नेपाली ग्राहकसमक्ष प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताए।

उनले नयाँ Aprilia SR 175 HPE तथा Lilac Vespa 125 र Oro Vespa S 125 ले ग्राहकलाई नयाँ विकल्प र उत्कृष्ट अनुभव दिने विश्वास व्यक्त गरे। साथै, Vespa को क्याफे–थिममा आधारित स्टल र ‘The Saving Extravaganza’ अफरले NADA को अनुभवलाई थप विशेष बनाउने उनको भनाइ छ।

Vespa तथा Aprilia का नवीनतम मोडल र विशेष अफरका लागि NADA Auto Show 2026 को स्टल नम्बर TWE-11 मा भ्रमण गर्न कम्पनीले ग्राहकलाई आग्रह गरेको छ।

बुधबार, १० भदौ २०८३, ०९ : ४६

प्रतिक्रिया