काठमाडौं– नेपाली बजारमा गत बुधबार सार्वजनिक गरिएको नामी भिगो ई२ले छोटो समयमै उत्साहजनक प्रतिक्रिया र उच्च माग पाएको छ। सार्वजनिक भएको ६ दिनमै चाडपर्वमा बिक्री गर्न सकिने अनुमानित संख्याभन्दा बढी बुकिङ भएपछि एमएडब्लू वृद्धि मोटर्सले सीमित अवधिका लागि ल्याएको २ लाख रुपैयाँको विशेष अफर समाप्त भएको जनाएको छ।
आधुनिक डिजाइन, आकर्षक फिचर, प्रिमियम अनुभव र प्रतिस्पर्धी मूल्यका कारण फुल–साइज एसयूभी भिगो ई२प्रति नेपाली उपभोक्ताको आकर्षण उल्लेख्य रूपमा बढेको कम्पनीको भनाइ छ।
यसअघि नेपाली बजारमा उपलब्ध नामी ई२ प्लसका लोकप्रिय फिचरलाई निरन्तरता दिँदै थप परिष्कृत रूपमा ल्याइएको भिगो ई२ले आफ्नो सेग्मेन्टमा आकर्षण बढाउन सफल भएको कम्पनीले जनाएको छ। नयाँ मोडल सार्वजनिकसँगै बुकिङमा समेत उच्च चाप देखिएको थियो।
कम्पनीका अनुसार सीमित अवधिका लागि घोषणा गरिएको विशेष अफर र नयाँ मोडलप्रतिको उपभोक्ताको आकर्षणका कारण अपेक्षाभन्दा धेरै बुकिङ प्राप्त भएको हो। अत्यधिक माग र रेकर्ड बुकिङपछि २ लाख रुपैयाँको विशेष अफर समाप्त गरिएको र अब भिगो ई२को मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ।
अब ग्राहकले घोषणा गरिएको एमआरपीमै नामी भिगो ई२ बुकिङ गर्न सक्नेछन्।
एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्तले सीमित अवधिका लागि घोषणा गरिएको विशेष अफर उच्च मागका कारण नाडा अटो शो २०२६ को पहिलो दिनमै समाप्त गर्नुपरेको बताए।
उनले नेपाली उपभोक्ताले नामी भिगो ई२प्रति देखाएको विश्वास र मायाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि ग्राहकको आवश्यकता र अपेक्षाअनुसार नयाँ तथा थप प्रतिस्पर्धी उत्पादन उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरे।
कम्पनीले नामी भिगो ई२प्रति नेपाली उपभोक्ताबाट प्राप्त प्रतिक्रिया अपेक्षाभन्दा निकै उत्साहजनक रहेको जनाएको छ। सार्वजनिक भएको केही दिनमै प्राप्त उच्च बुकिङले नेपाली बजारमा यस उत्पादनप्रतिको आकर्षण स्पष्ट भएको कम्पनीको दाबी छ।
प्रतिक्रिया