काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । १० ग्राम सुनको मूल्य दुई लाख ७५ हजार १२० रुपैयाँ तोकिएको हो ।
यता, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला चार हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको हो ।
प्रतिक्रिया