काठमाडौं- नेपाली बजारमा आज आइतबार सुनको मूल्यमा बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रूपैयाँले बढेको हो।
यससँगै आइतबार सुन प्रतितोला दुई लाख ४८ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।
शुक्रबार सुन प्रतितोला दुई लाख ४६ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ।
शुक्रबार प्रतितोला तीन हजार एक सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार २ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।
प्रतिक्रिया