भगवती हाइड्रोपावरले शेयरधनीहरु कति दिँदैछ लाभांश ?

आइतबार, १३ मंसिर २०८३, १० : ५३

काठमाडौं- भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश छन्।

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। सभा पोखराको घारीपाटनस्थित आब्या क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

लाभांश र सभा प्रयोजनार्थ कम्पनीले मंसिर २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ मंसिर २५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

आइतबार, १३ मंसिर २०८३, १० : ५३

प्रतिक्रिया