हकप्रद निष्काशनको प्रस्तावसहित नेपाल पुनर्बीमाले बोलायो साधारणसभा

आइतबार, १३ मंसिर २०८३, १० : ३०

काठमाडौं- नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले पुस ६ गते दशौँ वार्षिक साधारणसभा बोलाएको छ। 

सभाले कम्पनीमा रहेको नेपाल सरकारको विद्यमान ४४.०३९० प्रतिशत शेयर स्वामित्व नघट्ने गरी पूँजी वृद्धि गर्न सरकारबाट प्राप्त सहमतिअनुसार चालु आर्थिक वर्षमा नेपाल सरकारको तर्फबाट हकप्रद शेयरमा १ अर्ब रुपैयाँ लगानी प्राप्त हुने सुनिश्चित भएपछि सोही रकमको अनुपातमा हाल कायम चुक्ता पुँजीको १६.९१७६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर २४ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

आइतबार, १३ मंसिर २०८३, १० : ३०

प्रतिक्रिया