सेयर बजार

नेप्सेमा १०.८९ अंकको गिरावट, ५ अर्ब ४८ करोडको कारोबार

विहीबार, १० मंसिर २०८३, १५ : ११

काठमाडौं- साताको चौंथौ कारोबार दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ ।

यसदिन नेप्से परिसूचक १०.८९ अंकले बढेर २ हजार ६३६.७५ विन्दुमा कायम भएको छ ।

आज ३५५ कम्पनीको १ करोड ४७ लाख १० हजार २९८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४८ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । 

बिहीबार ८६ कम्पनीको शेयर मूल्य बढ्दा १७९ कम्पनीको मूल्यमा गिरावट आएको छ । यस्तै, १४ कम्पनीको मूल्य भने आज स्थिर भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन ऊर्जाको २४ करोड रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै, पिपुल्स हाइड्रोपावरको २२ करोड ७६ लाख रुपैयाँ र एनआईसी एशिया बैंकको १८ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन युनिक नेपाल लघुवित्तका लगानीकर्ता सबैभन्दा धेरै ४.८८ प्रतिशतका दरले कमाएका छन् । यस्तै, लक्ष्मी उन्नती कोषका लगानीकर्ताले ४.२९ प्रतिशतका दरले कमाउँदा गार्डियन माइक्रो लाइफका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

बिहीबार सबैभन्दा धेरै एलएस होरिजनका लगानीकर्ताले ४.७६ प्रतिशतका दरले  गुमाएका छन् ।

विहीबार, १० मंसिर २०८३, १५ : ११

प्रतिक्रिया