काठमाडौं- दुई जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि ८० लाख ७७ हजार कित्ता आईपीओ ल्याउने तयारी गरेका छन् ।
मिडिल मोदी हाइड्रोपावर र सिद्धि हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका हुन् ।
सेबोनमा दिएको आवेदनअनुसार मिडिल मोदी हाइड्रोपावरले ३० लाख ७७ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट क्यापिटल रहेको छ ।
त्यस्तै, सिद्धि हाइड्रोपावरले ५० लाख कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको छ। कम्पनीको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ ।
सेबोनबाट अनुमति पाएपछि कम्पनीहरूले आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाउनेछन् ।
प्रतिक्रिया