सुनचाँदी

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

बुधबार, ०९ मंसिर २०८३, १० : ४७

काठमाडौं- नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ हजार ५ सय रूपैयाँले बढेको हो। 

यससँगै बुधबार सुन प्रतितोला दुई लाख ४१ हजार ४ सय रूपैयाँमा किनबेच भइरहेको छ। 

मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको मूल्य पनि १ सय ५ रुपैयाँले घटेको छ।

मंगलबार प्रतितोला तीन हजार एक सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार ४० रूपैयाँमा किनबेच भइरहेको छ।

बुधबार, ०९ मंसिर २०८३, १० : ४७

प्रतिक्रिया