काठमाडौं- भारतको अयोध्याबाट माता सीताको जन्मभूमि जनकपुरधाम जोड्ने पहिलो सीधा रेल सेवा सञ्चालनमा आएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन)साहले सोमबार दिउँसो करिब १ः३० बजे अयोध्याबाट सरयू–कमला एक्सप्रेसलाई संयुक्त रूपमा झण्डा देखाएर उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि अयोध्याबाट प्रस्थान गरेको सरयू–कमला एक्सप्रेस मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ । रेल जनकपुरधाम आइपुग्दा सरकारी अधिकारी तथा सर्वसाधारणले नेपाल र भारतका राष्ट्रिय झण्डा फहराउँदै भव्य स्वागत गरेका छन् ।
रेलमा सवार तीर्थयात्रीहरूलाई स्वागत गर्न जनकपुरधाममा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो । स्वागतका लागि उपस्थित सर्वसाधारणले तीर्थयात्रीलाई फूलमाला लगाएर अभिनन्दनसमेत गरेका थिए ।
भगवान् रामको नगरी अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई सीधा रेल सेवाले जोडेसँगै दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरिएको छ । यस सेवाले रामायण सर्किटअन्तर्गत धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

_a1gLhj31G7.jpg)
_cooKiFhDzW.jpg)


प्रतिक्रिया