काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सहकार्यमा अघि बढाइएका पाँच विकास परियोजनाको उद्घाटन तथा शिलान्यास गरेका छन्।
सोमबार नयाँदिल्लीमा आयोजित कार्यक्रममा दुवै देशका प्रधानमन्त्रीले स्वीच थिचेर भारतीय सहयोगमा अघि बढाइएका चार परियोजनाको शिलान्यास र एउटा परियोजनाको उद्घाटन गरेका हुन्।
शिलान्यास गरिएका परियोजनामा भारतको धार्चुलाबाट नेपालको दार्चुला जोड्ने मोटरेबल पुल, बनबासा नाकामा एकीकृत जाँच चौकी निर्माण, झापाको चारआलीमा ग्यास पाइपलाइन विस्तार तथा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना रहेका छन्।
त्यसैगरी, मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको परियोजनाको उद्घाटन गरिएको छ।
यी परियोजनालाई नेपाल–भारतबीचको पूर्वाधार, ऊर्जा तथा व्यापारिक सहकार्य विस्तारको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
प्रतिक्रिया