मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा

सोमबार, ०७ मंसिर २०८३, १३ : ३४

काठमाडौं- मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक समूहको ७ लाख २३ हजार कित्ता संस्थापक शेयर  गर्ने भएको छ । फाइनान्सले बिक्री गर्न लागेको उक्त शेयर कम्पनीको संस्थापक शेयरधनी रिलायबल नेपाल लाइफको नाममा रहेको छ।

उक्त शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थाका संस्थापक शेयरधनीहरुलाई नै दिनुपर्ने भएकाले ईच्छुक संस्थापक शेयरधनीहरुले यस शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । 

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ।

सोमबार, ०७ मंसिर २०८३, १३ : ३४

प्रतिक्रिया