महुली लघुवित्तको लाभांश घोषणा

सोमबार, ०७ मंसिर २०८३, १२ : ०७

काठमाडौं- महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये ९.५ प्रतिशत बोनस सेयर रहेको छ भने ०.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिने छ । 

सोमबार, ०७ मंसिर २०८३, १२ : ०७

प्रतिक्रिया