स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

सोमबार, ०७ मंसिर २०८३, १० : ४३

काठमाडौं- स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समतिको बैठले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । 

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसमध्ये ४.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण गरिनेछ ।

सोमबार, ०७ मंसिर २०८३, १० : ४३

प्रतिक्रिया