सुनचाँदी

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सोमबार, ०७ मंसिर २०८३, १० : ५९

काठमाडौं- नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार हजार आठ सय रूपैयाँ बढेको हो। 

यससँगै आज सुन प्रतितोला दुई लाख ४७ हजार ४ सय रूपैयाँमा किनबेच भइरहेको छ। 

आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ।

आइतबार प्रतितोला तीन हजार ६५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार एक सय १० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रूपैयाँ बढी हो।

सोमबार, ०७ मंसिर २०८३, १० : ५९

प्रतिक्रिया