नयाँदिल्ली- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गार्ड अफ अनर ग्रहण गरेका छन्।
नयाँदिल्लीस्थित राष्ट्रपति भवन परिसरमा भारतीय सेनाको टुकडीले प्रधानमन्त्री शाहलाई सम्मानस्वरूप गार्ड अफ अनर प्रदान गरेको हो।
राजकीय भ्रमणमा आउने विशिष्ट पाहुनालाई सम्मानस्वरूप गार्ड अफ अनर प्रदान गर्ने प्रचलन छ। उक्त समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया