मौसम पूर्वानुमान

आज कस्तो रहला देशभरको मौसम ?

सोमबार, ०७ मंसिर २०८३, ०७ : ५०

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन। 

महाशाखाले जारी गरेको मौसम विश्लेषणमा हाल कोशी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लागेको जनाइएको छ भने देशका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाको पूर्वानुमानअनुसार सोमबार दिउँसो तथा राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका साथै कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। देशका अन्य भू(भागमा भने मौसम मुख्यतया सफा रहनेछ। यस क्रममा कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

सोमबार, ०७ मंसिर २०८३, ०७ : ५०

प्रतिक्रिया