प्रधानमन्त्रीको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासंघको टोली भारत प्रस्थान

आइतबार, ०६ मंसिर २०८३, १३ : ५८

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणमा सहभागी हुन नेपाल निर्माण व्यवसायी महासंघको टोली आइतबार भारत प्रस्थान गरेको छ ।

महासंघका अध्यक्ष निकोलस पाण्डेको नेतृत्वमा रहेको टोलीलाई महासचिव शिवहरि घिमिरेलगायत पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका थिए ।

प्रधानमन्त्री शाहको नेतृत्वमा आजदेखि सुरु भएको दुईदिने भारत भ्रमणमा निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीको टोली पनि सहभागी हुँदैछ ।

भ्रमणका क्रममा नेपाल र भारतबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तार, निर्माण क्षेत्रको विकास तथा आपसी सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । निर्माण व्यवसायी महासंघको सहभागितालाई दुई देशबीच निर्माण तथा पूर्वाधार क्षेत्रमा सहकार्यका सम्भावना खोज्ने अवसरका रूपमा हेरिएको छ ।

आइतबार, ०६ मंसिर २०८३, १३ : ५८

प्रतिक्रिया