मौसम पूर्वानुमान

देशभर पश्चिमी वायु र न्यून चापीय क्षेत्रको  प्रभाव, यी प्रदेशमा हल्का वर्षाको सम्भावना

आइतबार, ०६ मंसिर २०८३, ०७ : ०१

काठमाडौँ- हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा आंशिक बदल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो मधेस प्रदेश र कोशी प्रदेश लगायत गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको तराई भूभागका साथै मधेस प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

आज राति देशको हिमाली क्षेत्रमा साथै कोशी प्रदेशको तराई  क्षेत्रमा र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ।  बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।

सोमबार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली  क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी,बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। 

आइतबार, ०६ मंसिर २०८३, ०७ : ०१

प्रतिक्रिया