निर्मलराज पौडेलको  ‘हिस्सिएकी काली’ गीत सार्वजनिक

आइतबार, ०६ मंसिर २०८३, १७ : ०९

काठमाडौं- निर्मलराज पौडेलको शब्द तथा स्वर र मनिषराज पौडेलको निर्देशनमा तयार भएको नयाँ नेपाली गीत ‘हिस्सिएकी काली’ सार्वजनिक भएको छ ।

वेलकम एभी प्रोडक्सनले निर्माण गरेको उक्त गीतको भिडियोमा पछिल्लो समय विकसित कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग गरिएको छ। नेपाली गीतसंगीत क्षेत्रमा नयाँ प्रयोग गर्ने उद्देश्यसहित तयार पारिएको गीतले प्रेम, माया र भावनात्मक सम्बन्धका विषयलाई समेटेको छ ।

गीतको भिडियोमा सुबु शर्मा, रोशन अर्याल र अनिश शर्माले अभिनय गरेका छन् । विशेष अतिथि कलाकारका रूपमा सुनील भट्टराई र खेमराज पन्त प्रस्तुत भएका छन् ।

गीतमा संगीत निर्देशन मोहित मुनालले गरेका छन् भने भिडियोको छायांकन निर्देशक कृष्ण बी. थापाले गरेका हुन् । भिडियोको सम्पादन तथा रंग संयोजन मनिषराज पौडेलले गरेका छन् ।

परम्परागत भिडियो निर्माण प्रक्रियाभन्दा फरक ढंगले आधुनिक प्रविधिको सहायतामा दृश्यहरू तयार पारिएको यस गीतले नेपाली संगीत क्षेत्रमा नयाँ सम्भावनाको खोजी गरेको गायक पौडेलले जानकारी दिए । 

गायक  पौडेलका अनुसार एआई प्रविधिको प्रयोगले कम समयमा आकर्षक दृश्य सामग्री तयार पार्न तथा सिर्जनात्मक अवधारणालाई दृश्यमा रूपान्तरण गर्न सहज बनाएको छ ।

नेपाली संगीत क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गइरहेका बेला ‘हिस्सिएकी काली’ले गीत तथा भिडियो निर्माणमा नयाँ प्रयोगको सम्भावनालाई उजागर गरेको छ ।
 

आइतबार, ०६ मंसिर २०८३, १७ : ०९

प्रतिक्रिया