काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ४६ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीको संस्थापक सेयरधनी ग्लोबल आईएमई बैंकको नाममा रहेको ४६ लाख ७७ हजार १२० कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयरको प्रति कित्ता न्यूनतम मूल्य २५० रुपैयाँ रहेको छ । संस्थापक समूहको सेयर बिक्री गर्दा विद्यमान संस्थापक सेयर धनीहरूलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था भएकाले हाल उक्त सेयर कम्पनीकै विद्यमान संस्थापक सेयर धनीहरूले मात्रै खरिद गर्न पाउने छन् । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयर धनीहरूले ३५ दिन भित्र आवेदन दिनु पर्ने छ ।
संस्थापक सेयरधनीहरूले कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया