काठमाडौं- भारतको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको तस्बिर सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री शाहले नेपाल फर्किने क्रममा जहाजभित्र खिचिएको उक्त तस्बिर आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । तस्बिरमा अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल प्रधानमन्त्री शाहको दायाँ र बायाँतर्फ बसेका छन् ।
तस्बिरसँगै प्रधानमन्त्री शाहले ‘देश उँभो लगाउने टोली । निकै मिहिनेती मान्छेहरू !’ भन्ने क्याप्सन लेखेका छन् । उनले आफ्ना सहकर्मी मन्त्रीहरूको प्रशंसा गर्दै टिमवर्कप्रतिको विश्वाससमेत व्यक्त गरेका छन् । यस अघि प्रधानमन्त्री बालेनले आफूसहित भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र गृहमन्त्री सुधन गुरुङसहितको तस्बिर फेसबुकमा राखेर ‘देश बनाउने टोली’ लेखेका थिए ।
यसअघि पनि प्रधानमन्त्री शाहले गृहमन्त्री सुदन गुरुङ र पूर्वाधारमन्त्रीसँगको अनौपचारिक तस्बिर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भनेका थिए ।
प्रधानमन्त्रीको पछिल्लो पोस्ट सामाजिक सञ्जालमा चर्चामा आएको छ । भारत भ्रमणमा सहभागी आफ्ना सहकर्मी मन्त्रीहरूसँगको तस्बिर र प्रशंसात्मक अभिव्यक्तिलाई उनले सरकारभित्रको सहकार्य र सामूहिक प्रयासको सन्देशका रूपमा प्रस्तुत गरेका छन् ।
प्रतिक्रिया