सुनचाँदी

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कति ?

मंगलबार, ०८ मंसिर २०८३, १० : ४७

काठमाडौं- नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रूपैयाँ बढेको हो। 

यससँगै आज सुन प्रतितोला दुई लाख ४७ हजार ९ सय रूपैयाँमा किनबेच भइरहेको छ। 

सोमबार सुन प्रतितोला दुई लाख ४७ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ।

सोमबार प्रतितोला तीन हजार एक सय १० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार एक सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ।

मंगलबार, ०८ मंसिर २०८३, १० : ४७

प्रतिक्रिया