काठमाडौं- नेपाली बजारमा आज (आइतबार) सुनको भाउ तोलामा दुई हजार आठ सय रूपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ।
शुक्रबार सुन प्रतितोला दुई लाख ४५ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ।
शुक्रबार प्रतितोला तीन हजार एक सय १० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार ६५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार पाँच सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया