काठमाडौं- नेपाली बजारमा सुनको मूल्यमा एकैदिन ठूलो गिरावट आएको छ । शुक्रबार सुन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँ रहेको चाँदी शुक्रबार २२५ रुपैयाँले घटेर ३ हजार ११० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख १० हजार ३९० रुपैयाँ कायम भएको छ । त्यस्तै, १० ग्राम चाँदीको मूल्य २ हजार ६६६ रुपैयाँ निर्धारण गरिएको छ ।
प्रतिक्रिया