काठमाडौं- नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ यसदिन भने तोलामा एक हजार नौ सय रूपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।
सोमबार सुन प्रतितोला दुई लाख ६९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।
सोमबार प्रतितोला तीन हजार पाँच सय २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार चार सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार आठ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया