काठमाडौं- नेपालका लागि विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा. लि. मार्फत मिशेलिनको प्रिमियम प्यासेन्जर कार टायर सिरिज ‘मिशेलिन प्राइमसी ५’ अब नेपाली बजारमा उपलब्ध भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आफ्नो गुणस्तर, प्रविधि र नवीनताका लागि परिचित मिशेलिनको यस प्रिमियम टायर सिरिजले नेपाली उपभोक्तालाई आफ्नो सवारीसाधनका लागि अन्तर्राष्ट्रिय ब्रान्डको टायर छनोट गर्ने थप अवसर प्रदान गर्नेछ।।
अन्तर्राष्ट्रिय बजारमा आफ्नो गुणस्तर, प्रविधि र नवीनताका लागि परिचित मिशेलिनले नेपाली अटोमोबाइल बजारमा आफ्नो प्रिमियम टायर सिरिज प्राइमसी ५ उपलब्ध गराएको हो। सिप्रदी अटोपार्ट्समार्फत नेपाली उपभोक्ताले अब आफ्नो सवारीसाधनको आवश्यकता र उपयुक्तताअनुसार मिशेलिनको यस प्रिमियम टायर सिरिज छनोट तथा खरिद गर्न सक्नेछन्।
मिशेलिन प्राइमसी ५ आधुनिक प्यासेन्जर कारलाई लक्षित गरी तयार गरिएको प्रिमियम टायर सिरिज हो। बदलिँदो अटोमोबाइल बजार र उपभोक्ताको बढ्दो अपेक्षालाई ध्यानमा राख्दै उपलब्ध गराइएको यस सिरिजले सवारीसाधनका लागि गुणस्तरीय टायर छनोट गर्न चाहने ग्राहकलाई थप विकल्प प्रदान गर्नेछ। विश्वव्यापी रूपमा टायर उत्पादन तथा प्रविधिमा लामो अनुभव बोकेको मिशेलिनको उत्पादन नेपाली बजारमा उपलब्ध हुनु प्रिमियम टायर प्रयोगकर्ताका लागि महत्वपूर्ण अवसरका रूपमा रहेको छ।
नेपालमा मिशेलिन प्राइमसी ५ विभिन्न पाँच साइजमा उपलब्ध हुनेछ। यसअन्तर्गत १९५/५५ आर१६, २०५/६० आर१६, २०५/६५ आर१६, २१५/६० आर१६ र २१५/६० आर१७ साइज रहेका छन्। यी साइजहरू नेपाली बजारमा प्रचलित विभिन्न ब्रान्डका प्यासेन्जर कार तथा एसयूभी मोडललाई लक्षित गरी उपलब्ध गराइएका हुन्।
प्रतिक्रिया