काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार (कात्तिक २९ गते) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँ र चाँदीको १०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १०० रुपैयाँले घटेर ३ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया