मौसम पूर्वानुमान

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आइतबार, २९ कार्तिक २०८३, ०७ : २५

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ।

आज दिउँसो देशको हिमाली भूभाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको केहि स्थानमा तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा चट्याङ र असिना सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। 

आज राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।  देशका हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू९भागको एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। 

सोमबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

आइतबार, २९ कार्तिक २०८३, ०७ : २५

प्रतिक्रिया