विपद्मा परेकालाई सघाउन अक्षयकोष

शुक्रबार, २७ कार्तिक २०८३, १३ : २१

म्याग्दी - रघुगङ्गा गाउँपालिका–१ बेगका बासिन्दाले रु एक करोडको आपत्कालीन अक्षयकोष स्थापना गरेका छन् । कोषमा रु ७० लाख सङ्कलन भएको छ । 

    बेगखोला कल्याणकारी समाजका संस्थापक योगकुमार फगामीले विपद् र दुर्घटनामा परेकालाई सघाउन कोष स्थापना गरिएको बताउनुभयो । “दुर्घटनामा  घाइते भएका, गर्भवती, बिरामी र विपद्बाट प्रभावितलाई सघाउन कोष स्थापना गरिएको हो”, उहाँले भन्नुभयो, “हालसम्म रु ७० लाख सङ्कलन भएको कोषमा रु एक करोड पु¥याएर मूलधन नमासिने र ब्याज परिचालन गरिनेछ ।”

    साविक बेग गाविसको तिप्ल्याङ, बादुक, बेगखोला, सिम, बेगटोलको जनसङ्ख्या एक हजार छ । 
रासस

शुक्रबार, २७ कार्तिक २०८३, १३ : २१

प्रतिक्रिया